नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास प्रारम्भ
पाेखरा | पुस २६, २०७९
काठमाडौं: नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ ।
चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल केबलकार उद्धार अभ्यास गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई डोरीद्वारा सुरक्षितरूपमा जमिनमा उतार्ने अभ्यासमा नेपाली सेनाका उद्धारकर्ता र चन्द्रागिरि हिल्स् लिमिटेडका उद्धार टोली सहभागी थिए ।
उक्त केबलकारसँग रहेका उद्धार सामग्री र नेपाली सेनासँग रहेका उद्धार सामग्रीको प्रयोग गरी सोमबार अभ्यास सञ्चालन भएको थियो । सोक्रममा उद्धारकर्ताहरुबाट घाइते तथा सकुसल मानिसलाई विभिन्न तरिकाले जमिनमा उतार्ने अभ्यासहरु गरिएको थियो ।
उक्त अभ्यासमा नेपाली सेनाको तर्फबाट राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय, श्री नं १ विपद् व्यवस्थापन गण, तथा युद्धभैरव गणबाट अधिकृतसहितको टोली सहभागी भएको थियो । अभ्यासमा विपद् व्यवस्थापन निर्देशक सहायक रथि डा पदमबहादुर बुढालगायतको उपस्थिति थियो ।
यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धारकार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास सञ्चालनका लागि योजना तयार गर्नसमेत मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।
यता नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्याससमेत काठमाडौंको छाउनीमा सुरु भएको छ । उक्त अभ्यासमा नेपाली सेनाका ३५ र अमेरिकी सेनाका १९ को सहभागिता छ ।
आगामी माघ २० गतेसम्म सञ्चालन हुने अभ्यास छाउनीका साथै नगरकोटमा गरिने नेपाली सेनाले जनाएको छ । उक्त खाले अभ्यासले विपद्को खोज तथा उद्धारमा सहयोग पुग्ने विश्वास गरिएको छ । यो अभ्यासको १२औँ शृङ्खला भएको जनाइएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

