गण्डकीका मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिने

पाेखरा | पुस २६, २०७९

गण्डकीका मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिने

कास्की: गण्डकी प्रदेश सरकारको मंगलबार बसेको दोस्रो मन्त्रिपरिषद्को वैठकमा विश्वासको मत लिने विषयमा छलफल गरिएको छ ।

 

मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ मा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेस गर्ने निर्णय भएको बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले बताए । 


‘हामीले प्रदेशसभासमक्ष प्रस्ताव पेस गर्ने हो बाँकी निर्णय प्रदेशसभाबाटै हुन्छ,’ उनले भने । विश्वासको मत लिने समय एक महिना भए पनि छिट्टै नै विश्वासको मत लिने तयारीमा सरकार रहेको छ । ३३ सांसदको समर्थनमा सोमबार अधिकारी मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।


प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार नै चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । सोमबार मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै ६ वटा निर्णय गरिएका थिए ।

पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।  आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।  काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

थप पढ्नुहोस्