सुनको मूल्यमा सामान्य गिरावट

काठमाडाैं | पुस २७, २०७९

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ:  नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि मङ्गलवार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 


यस्तै तेजाबी सुन तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार हुँदा बुधवार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ कायम भएको छ । यसअघि मङ्गलवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 


महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

थप पढ्नुहोस्

पाल्पा:   शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...

थप पढ्नुहोस्

भक्तपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा  भएको छ ।  देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

थप पढ्नुहोस्