लुम्बिनी प्रदेश: एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त
काठमाडाैं | पुस २७, २०७९
बुटवल: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।
गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका थिए । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन छ ।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ ।
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...
पोखरा: होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए । कार्यक्रमम...
काठमाडौँ: नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...

