विवादित बन्यो सराङकोट एफएमको मिडिया कप, माग्यो माफी
पाेखरा | पुस २७, २०७९
पोखराः रेडियो सराङकोटले आयोजना गरेको मिडिया कप फुटसल प्रतियोगिता विवादित बनेको छ । फेवा टेलिभिजनले प्लेईङ लिस्टमा भएका भन्दा बाहिरको खेलाडी खेलाएपछि प्रतियोगिता विवादमा परेको थियो । फेवा टिभीले प्लेईङ लिस्टमा भएका खेलाडीको घरयासी समस्या देखाउँदै आयोजकलाई थाहा नदिई मयुर टाईम्सविरुद्ध खेलाएको थियो ।
खेलपछि मयुरले प्रोटेस्ट हालेपछि आयोजकले फेवालाई अयोग्य ठहर्यायो । भने, मयुर सेमिफाइनल पुग्यो । पछि मयुरका खेलाडीको दुई टिममा नाम रहेको भन्दै विरोध गरेपछि रेफ्रीले मयुरलाई पनि अयोग्य घोषणा गर्यो । तर, यसमा आयोजक सराङकोटको गल्ती भएको मयुर टाइम्सले जनाएको छ ।
मयुरका कप्तान प्रविन मगरले आयोजकलाई जानकारी गराउँदा गराउँदै पनि दुवै तर्फ नाम भएको खेलाडीको विषयमा समस्या समाधान गरिसकेपछि दुवै टिममा नाम राखेर गल्ती गरेका बताए । ‘हाम्रो एउटा खेलाडीको दुई टिममा नाम भएपछि खेल हुनु अघिल्लो दिनमा नै हामीले रेडियो कार्यालयमा गएर सहमती गरेका हौं,’ उनले भने, ‘तर खेल्ने समयसम्म पनि उक्त खेलाडीले मयुर टाईम्सबाट खेल्ने भनेर सहमती गरेपछि अर्को टिमको लिस्टबाट नहटाएर ठूलो गल्ती गर्यो ।’
यता, रेडियो सराङकोटले प्रेस विज्ञप्ती जारी गरी क्षमा याचना गरेको छ । ‘दुवै टिम अयोग्य ठहर गर्दै दुवै खेल अवैध गरिएको जानकारी सहित यस कार्यमा सम्बन्धीत मिडियाको केही कमजोरी र आयोजकबाट केही व्यवस्थापनमा कमी कमजोरी भए सो मा क्षमा चाहान्छौं,’ विज्ञप्तीमा भनिएको छ ।

काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

