नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक
काठमाडाैं | पुस २८, २०७९
काठमाडौँ: नेपाल टेलिकमले बिहीबारदेखि लागू हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत प्रिपेड मोबाइल प्रयोगकर्ताले १९९ देखि ६९९ रुपियाँसम्मको २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् ।
स्टे कनेक्टेड अफरअन्तर्गत १३० रुपियाँमा पाँच दिनका लागि सबै नेटवर्कमा दुई जीबी र फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने चार जीबी डेटासहित सबै नेटवर्कमा कुराकानी गर्न सक्ने गरी १५० मिनेट भ्वाइस सुविधा पनि उपलब्ध गराएको छ ।
टेलिकमले आफ्नो एफटीटीएच सुविधाअन्तर्गत ४० र ८० एमबीपीएस इन्टरनेट ब्यान्डविथसहितको प्याक नवीकरण गर्दा क्रमशः १६ हजार ६८२ र २१ हजार ५४१ रुपियाँ मूल्य निर्धारण गरेको छ । पोस्टपेड कम्बो प्याकअन्तर्गत उपलब्ध भइरहेको ३७३ रुपियाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

