पोखरामा फलामको फोल्डिङ टेका चोरी गर्ने राजु र गणेश प्रकाउ

पाेखरा | पुस २८, २०७९

पोखरामा फलामको फोल्डिङ टेका चोरी गर्ने राजु र गणेश प्रकाउ

पोखराः  पोखरामा घर निर्माणमा प्रयोग गरिने फलामको फोल्डिङ टेका चोरी गर्ने  दुई जनालाई प्रहरीले ​ प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका २५ हेम्जा बडहरेमा अर्जुन थापाको बन्दै गरेको घरमा प्रयोग गरिएका फलामको फोल्डिङ टेका, ट्रष्ट पाईप र ट्रष्ट पाईपमा प्रयोग हुने क्ल्याव बोल्ट चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । 


फलामको फोल्डिङ टेका ११८ थान र ६थान फलामको पाइपसहित पोखरा १ कसेरी बस्ने २४ वर्षीय राजु गुरुङ र पोखरा १६ लामाचौर बस्ने ३० वर्षीय गणेश कुमार राईलाई​ प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

 

पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा १० को म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:   विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

थप पढ्नुहोस्