तनहुँमा विकास खर्च निराशाजनक, ६ महिनामा ६ प्रतिशत मात्रै

तनहुँ | पुस २९, २०७९

तनहुँमा विकास खर्च निराशाजनक, ६ महिनामा ६ प्रतिशत मात्रै फाइल तस्बिर

तनहुँ:  तनहुँमा ६ महिनामा विकासलक्षित बजेटको पूँजीगत खर्च हेर्दा अत्यन्तै निराशाजनक देखिएको छ । आर्थिक वर्षको आधा अवधि सकिँदा तनहुँमा विकास खर्च ६ प्रतिशत मात्रै भएको छ । जिल्लामा सङ्घीय सरकारको बजेट चालु आर्थिक वर्षको ६ महिना अर्थात पुससम्ममा ६ दशमलव ३७ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।


पूँजीगत (विकास)तर्फ तनहुँका लागि कुल विनियोजित ३ अर्ब १५ करोड १२ लाख ३८ हजार ३ सय ९० रुपियाँमध्ये २० करोड ९ लाख १९ हजार ४ सय ६३ रुपियाँ मात्र खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो । भट्टराईले योजना निर्माण र ठेक्कापट्टा निर्माणकै प्रक्रियामा रहेकाले भुक्तानी भइनसकेकाले पूँजीगत रकम कम खर्च भएको बताउनुभयो ।


त्यस्तै, चालू खर्चतर्फ तलव भत्ता, कर्मचारीको सेवा सुविधामा भने उल्लेखनीय रुपमा बजेट खर्च भएको छ । चालुतर्फ भने सोही अवधिमा ३८ दशमलव ७६ प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार चालुतर्फ कुल विनियोजित ८ अर्ब ३८ करोड ७४ लाख १४ हजार ७ सय ३८ रुपियाँमध्ये ४ अर्ब २७ करोड २४ लाख ६० हजार ९९ रुपियाँ खर्च भएको छ । 


यसैबीच सङ्घ सरकारकोभन्दा प्रदेश सरकारको विकास बजेट धेरै खर्च भएको छ । प्रदेशतर्फको पूँजीगत तर्फ १० दशमलव ५४ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कूल २ अर्ब ६० करोड ३ लाख ३१ हजार विनियोजित रकममध्ये २८ करोड ३६ लाख ३५ हजार ६ सय १३ रुपियाँ खर्च भएको प्रमुख कोष नियन्त्रक बिनोद भट्टराईले जानकारी दिनुभयो । 


प्रदेश तर्फकै चालु तर्फ १२ दशमलव ३१ प्रतिशत रकम खर्च भएको छ । उक्त शीर्षकमा ८२ करोड ७१ लाख ३ हजार ६७ रुपियाँ विनियोजित भएकोमा १४ करोड ९६ लाख ९५ हजार १ सय ९६ रुपियाँ खर्च भएको भट्टराईले जानकारी दिनुभयो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्