पोखरा १ मा लैंगिक हिंसा विरुद्ध समचेतना कार्यक्रम
पाेखरा | पुस ३०, २०७९
पोखराः पोखरा महानगरपालिका सामाजिक महाशाखाको सहयोगमा पोखरा १ मा महिला पुरुष समचेतना कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा १ को आयोजनामा कार्यक्रममा लैंगिक हिंसा विरुद्ध पुरुषहरुको एक्यबद्धता जनाउनका लागि उक्त कार्यक्रमको आयोजना पोखरा १ का वडा सदस्य शोभा गुरुङले जानकारी दिए ।
‘समाजमा महिला र पुरुष समान रहेको भन्दै एकले अर्काको भावना बुझेर अघि बढेमा हिंसा रोक्न सकिन्छ ,गुरुङले भनिन्, ‘लैंगिक हिंसाको अन्त्यका लागि महिला र पुरुषको एक्यवद्धता हुन अत्यावश्यक छ ।’
जुक माया परियारको संयोजनमा भएको कार्यक्रममा वडा अध्यक्ष साहारा प्रधान, निवर्तमान वडा अध्यक्ष शारदा पराजुलीले आफ्नो धारणा राखेका थिए ।कार्यक्रममा अधिवक्ता जुना गुरूङ र प्रहरी वरिष्ठ नायव निरीक्षक होत बहादुर रोकाले प्रशिक्षण दिएका थिए ।
हरिचोक आमा समुहकी निर्मला सुवेदी, मोहोेरिया सिंहनाथ टोल विकास संस्थाका गणेश श्रेष्ठ , नेपाल रेडक्रस उपशाखा बगर सभापति जीवन अधिकारी,निवर्तमान वडासदस्य रुद्रप्रसाद सुवेदी लगायतले आफ्नो भनाइ राखेको थिए ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

