लमजुङ मर्स्याङ्दीमा शैक्षिक महोत्सव सुरु
लमजुङ | पुस ३०, २०७९
लमजुङ: लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन गाउँपालिकाले शैक्षिक महोत्सव आयोजना गरेको हो ।सात दिनसम्म हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनीसँगै राजनीतिक दल, शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम रहेको छ । सोबाहेक शिक्षक, अभिभावक र विद्यार्थीका लागि उत्प्रेरणा कार्यक्रम, विविध खेलकुद र साँस्कृतिक कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
मंगलबार विशेष समारोहका बीच महोत्सवको उद्घाटन भएको हो । संविधानसभा सदस्य जमिन्द्रमान घलेले महोत्सवको उद्घाटन गरेका हुन् । पहिलो दिन महोत्सव उद्घाटनसँगै शुभकामना मन्तव्य, विविध शैक्षिक प्रदर्शनी र साँस्कृतिक कार्यक्रम भएका छन् । दोस्रो दिन बुधबार गाउँपालिकाअन्तर्गतका विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समिति पदाधिकारी एवं सदस्यहरूका लागि शैक्षिक उत्प्रेरणा कार्यक्रम रहेको छ ।
त्यसैगरी बिहीबार गाउँपालिकाअन्तर्गतका विभिन्न विद्यालयमा कक्षा ८, ९, १० र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावक र २९ गते विद्यार्थी लक्षित उत्प्रेरणामूलक कार्यक्रम हुने भएको छ । त्यस्तै शैक्षिक महोत्सवको पाँचौ दिन ३० पुसमा मस्र्याङ्दी कप, माविस्तरीय छात्रछात्रा दौड प्रतियोगिता, ज्याब्लिङ थ्रो, सटफुट, हाईजम्प, लङजम्प, प्राविस्तरीय छात्रछात्रा गणित दौड प्रतियोगिता हुने भएको छ ।
यसैगरी १ माघमा माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोतियोगिता र भुलभुले खेल मैदानमा आधारभूत विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने मर्स्याङ्दी गाउँपालिका शिक्षा शाखाले जनाएको छ । शैक्षिक महोत्सवको अन्तिम दिन २ माघमा भलिबल, फुटबल प्रतियोगिताको फाइनल खेल, पुरस्कार वितरण तथा समापन कार्यक्रम हुने कार्यतालिका रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

