एपीएफको विजयी सुरुवात

पाेखरा | पुस ३०, २०७९

एपीएफको विजयी सुरुवात

काठमाडौं:   विभागीय टोली नेपाल एपीएफ क्लबले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई सात विकेटले हरायो ।


गण्डकीले दिएको ५२ रनको विजयी लक्ष्य एपीएफले ८।४ ओभरका तीन विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफको जितमा कप्तान सिता रानामगरले अविजित १९ रन बनाउनुभयो । रोमा थापाले अविजित १४ र ज्योति पाण्डेले ८ रन जोड्नुभयो । बलिङमा गण्डकीकी श्रृष्टि जैसीले तीन विकेट लिनुभयो ।


यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ५१ रन बनाएको थियो । गण्डकीका श्रृष्टि जैसीले १४ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा एपीएफकी सुमन विष्टले तीन विकेट लिनुभयो । जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले दुई अङ्क बनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्