माघेसङ्क्रान्तिमा प्रमको शुभकामनाः एकता तथा सद्भावको अपेक्षा
काठमाडाैं | माघ १, २०७९
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता हाम्रो साझा पहिचान भएको बताउनुभएको छ ।
थारू समुदायको चाड माघी तथा माघेसङ्क्रान्ति (मकर सङ्क्रान्ति)को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “नेपालका जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व छन् । यी चाडपर्वले एकापसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।”
उहाँको सन्देशमा भनिएको छ, “यस अवसरमा सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरका रूपमा मनाउन हार्दिक अपिल गर्दछु ।”
प्रधानमन्त्री प्रचण्डले माघी पर्वले सम्पूर्ण नेपालीबीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृति निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ ।
माघ १ गते मनाइने माघी पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडका रूपमा मनाउँछन् ।
नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्नो परम्परा र विशेषताअनुसार मनाउँदै आएको पाइन्छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

