पोखरा १५ मा आयोजित खेलकुद महोत्सव सम्पन्न
पाेखरा | माघ १, २०७९
पोखराः पोखरा महानगरपालिका वडा नं १५ ले आयोजना गरेको वृहत वडा स्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । पोखरा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा पौष २७ गतेदेखि सञ्चालन भएको खेलकुद महोत्सव शनिबार सम्पन्न भएको हो ।
करिव एक हजार प्रतियोगी सहभागी भएको खेलकुद महोत्सवमा विभिन्न ८ चरणका खेलहरू खेलाइएको थियो । पुरुष फुटबलमा प्रतिभा टोल विकास संस्था विजयी बन्दै नगद २५ हजार हात पारेको छ । प्रतिभाले फाइनलमा तल्लो नयाँ गाउँ लाई ४–० ले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । उप विजेता बनेको नयाँ गाउँले २० हजार हात पारेको छ ।
यस्तै, पुरुष भलिबलमा गलेश्वर युवा क्लबलाई पराजित गर्दै तल्लो नयाँ गाउँ विजयी बनेको छ । गलेश्वर विरुद्ध लगातार तिनै सेट जित्दै नयाँ गाउँ पुरुष भलिबलमा पहिलो बन्न सफल भएको हो ।
महिला भलिबलमा जन जागृति आमा समूह विजयी भएको छ। जन जागृतिले एकता आमा समूहलाई पराजित गर्दै प्रथम बन्न सफल भएको हो ।
यता विद्यालय स्तरीय फुटबलमा वेलननलाई पराजित गर्दै शुभ तारा थ्री एन्जल प्रथम बन्न सफल भयो ।
४० वर्ष माथिका महिला दौडमा जन जागृति युवा क्लब र ५० वर्ष माथिका पुरुष दौडमा तल्लो नयाँ गाउँ विजयी बन्यो ।
यस्तै, आमा समूह रस्साकस्सी अन्तर्गत लक्ष्मी टोल आमा समूह विजयी बनेको छ । भने, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिच भएको बास्केटबल प्रतिस्पर्धामा पोखरा १५ हरियोले ४७ –२७ अन्तरले निलो लाई पराजित गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं २ क गण्डकी प्रदेश सभासद् भीम बहादुर कार्कीले खेलकुदले राष्ट्रलाई विश्वभर चिनाउन मद्दत गर्ने र खेलकुदमा लाग्ने व्यक्तिहरू निरोगी र तन्दुरुस्त बन्ने हुँदा उनीहरूले राष्ट्रका लागि योगदान दिन सक्ने बताए ।
उनले वडा नं १५ ले खेलकुदलाई महत्व दिँदै व्यापक सहभागिताका बिच खेलकुद प्रतियोगिता सम्पन्न गरेकोमा वडाका जनप्रतिनिधिलाई धन्यवाद दिए । कार्कीले अस्पतालको सङ्ख्या बढाउनु भन्दा रंगशालाको सङ्ख्या बढाउनु पर्छ भन्ने मान्यता विश्वभर बढिरहेको भन्दै ठाउँ–ठाउँ रङ्गशालाको सङ्ख्या बढाउन सकेमा नागरिकहरू स्वस्थ हुन सक्ने र यो अभियानमा वडा नं १५ एक फड्को अगाडी बढेको प्रतिक्रिया दिए ।
यस्तै, वडा अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद महोत्सवले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस प्रतियोगिताको आयोजना गरिएको बताए । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यसँगै व्यक्तिलाई अनुशासनमा पनि हिँड्न सिकाउने भन्दै खेलाडीहरू समाजका आदर्श व्यक्ति बन्नुपर्नेमा जोड दिए । स्वस्थ नागरिकले नै समाज र देशका लागि योगदान दिन सक्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष बानियाँको भनाई थियो ।
वडा सदस्य तथा खेलकुद महोत्सवका संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रममा करिब ९०० खेलाडीहरूले सहभागिता जनाएको बताए । स्वस्थ्य समाज निर्माण र आपसमा भाइचारा सम्बन्ध प्रगाढ पार्न प्रतियोगिताको आयोजना गरिएको बताउँदै भण्डारीले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न अहोरात्र खटिने सबैलाई धन्यवाद दिए ।
खेलकुद समापन कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान क्याम्पसका सहायक क्याम्पस प्रमुख विष्णु प्रसाद देवकोटा, आईएनएफ नेपालका मेडिकल सर्भिसेस तथा निर्देशक डा. अरुण कुमार बुढा, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वज गुरुङ लगायत पूर्व जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो भने उनीहरूले विजयी खेलाडी तथा समूहहरूलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

