यतिको धुँवासँगै विलिन भए पोखराका होनहार पत्रकार
पाेखरा | माघ १, २०७९
पोखराः यति एयरलाइन्सको विमान काठमाण्डौंबाट पोखरा आउने क्रममा दुर्घटना हुँदा पोखराले होनहार पत्रकार त्रिभुवन पौडेललाई गुमाएको छ ।
अवतरणकाक्रममा सेती खोंचमा विमान दुर्घटनापछि रिपोर्टिङ गर्ने क्रममा जब यात्रुहरुको सूची प्राप्त भयो तब पत्रकारबीच खैलाबैला भयो । सूचीमा उल्लेख भएको नाम देखेपछि अत्तालिएका पत्रकारहरुले अन्ततः पौडेललाई गुमाएका छन् ।
पत्रकार महासंघ कास्की सभापति विमला भण्डारीले पत्रकार पौडेलको शव पहिचान भएको बताएकी छिन् । भण्डारीले भनिन्, ‘उहाँको शव भेटिएको छ, र परिचयपत्रसमेत भेटिएको छ ।
पौडेलका अनन्य मित्र एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले पनि दुखित मुद्रामा खबर सत्य भएको बताए ।
‘सेती खोंचमा यतिको धुँवासँगै विलिन भए त्रिभुवन’ ज्ञवालीले भने ‘हामी अपत्यारिलो खबर स्वीकार्न बाध्य भयौं ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीका अनुसार हालसम्म ६९ जनाको शव फेला परिसकेको छ । जसमध्ये ३४ शव गण्डकी अस्पताल र ३२ शव दुर्घटनास्थलमै छ ।
बाँकी रहेका ३ शव क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत हुन् ।
जुझारु, सहयोगी र प्रेस स्वतन्त्रका हिमायती पौडेलको मृत्युपछि पोखरेली पत्रकारहरु शोकमा रहेका छन् । सेन्टरको राजधानीमा आयोजित बैठकबाट पौडेल पोखरा फर्कदै थिए ।
विवाहित पौडेलका एक छोरा छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

