पोखरा: मौसम खुलेन, जहाज उडेन

काठमाडौंबाट २ डाक्टर नआउँदा पोष्टमार्टममा ढिलाई

पाेखरा | माघ २, २०७९

पोखरा: मौसम खुलेन, जहाज उडेन

कास्की:  पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रतिकुल मौसमका कारण आज सुचारु हुन सकेको छैन । पोखराको मौसम नखुलेका कारण विमानस्थलमा उडान तत्कालका लागि बन्द गरिएको हो । 

 

विमानस्थलका सुचना अधिकारी विष्णु प्रसाद अधिकारीले मौसम खुलेसँगै सेवा तथा उडान सुचारु हुने बताए । ‘अहिलेसम्म एयरपोर्ट बन्द छ’, अन्य कारणले हैन । मौसम नखुलेको कारण हो, घाम बिस्तारै लागिराछ, अझै समय लाग्ला त्यसपछि सेवा सुरु हुन्छ ।’ अधिकारीले भने ।

 

उडान सुरु भएपछि यति एयरलेबाहेक अन्य जहाज कम्पनीले निरन्तर सेवा प्रदान गर्नेछ । ‘यतिको एटीआर जहाज हिजो दुर्घटना भएको कारण आज उहाँहरुको फ्लाइट रद्द छ, सुचना अधिकारी अधिकारीले भने, ‘बाँकी अन्य जहाजहरुले मौसम खुल्ने बित्तिकै उडान भर्नुहुन्छ ।’

 

(आइतबार) हिजो मात्रै यति एयरको एटीआर ७० जहाज पोखरा महानगरपालिका ७ र १५ जोड्ने सेती खोँचमा दुर्घटना ग्रस्त भएको थियो । उक्त दुर्घटनामा परि चालकदलका ४ जना, ५३ जना नेपाली, भारतीय नागरिक ५ जना, रसियन ४, आयरल्यान्डका १, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक १, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ७२ जनाकै ज्यान गएको थियो ।

 

सो मध्ये यो समाचार तयारपार्दासम्म ६८ जनाको शव फेला परिसकेकेको छ भने बेपक्ता ४ जनाको शवको खोजी कार्य तिव्र पारेको सहायक सिडिओ तथा सुचना अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘अहिलेसम्म ६८ जनाको शव भेटिसकेका छौं, सुनगामा न्यूजँग उनले भने, ‘बेपत्ता ४ जनाको भने बिहानैदेखि खोजीकार्य तिब्र पारेका छौं ।’

 

काठमाडौंबाट २ डाक्टर नआउँदा पोष्टमार्टममा ढिलाई

 

फेला परेकामध्ये सनाखत भइसकेका शवको पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार छन् । पोर्टमार्टमका लागि ७ सदस्यीय राष्ट्रिय टोली गठन गरिएको छ डाक्टर भरत खत्रीका अनुसार सो टोलीमा पोखराका ५ जना र काठमाडौंका २  जना डाक्टर रहेका छन् । 

 

काठमाडौंका २ जना डाक्टर आउन नसक्दा पोष्टमार्टममा ढिलाई भएको हो ।

 

बाँकी सबै आवश्यक प्रक्रिया पुरा भइसकेको डाक्टर भरत खत्रीले बताए । उनले काठमाडौंका २ जना डाक्टर पोखरा आउनका लागि एयरपोर्टमा रहेको बताउदै प्रतिकुल मौसमका कारण आउन कठिनाई भएको बताए । ‘काठमाडौंबाट आउनुहुने २ जना डाक्टर एयरपोर्टमा रेडी हुनुहुन्छ । सबै प्रक्रिया पुरा भइसकेका छन्’, डाक्टर खत्रीले भने, ‘उहाँहरु आइसकेपछि पोष्टमार्टम गर्न मिल्ने जति गरेर आफ्ना आफन्तलाई बुझाउन तयार छौं ।’ 

 

उनले हालसम्म फेला परेका शवलाइ नम्बर किटान गरेर राखिएको बताए ।  ‘हामीले सुरुदेखि ल्याएका शवलाई नम्बरिङ गरेका छौं, त्यो मध्ये पहिचान गर्न  सक्ने जतिलाई यहि गर्छाै र आफन्तलाई जिम्मा लगाउँछौ’, उनले भने, ‘बाँकी सबैलाई हेलीमार्फत काठमाडौं पठाउने व्यवस्था गरेका छौं ।’

 

उनका अनुसार सनाखत हुन नसकेका शव, चालकदलका सदस्यहरु र विदेशी नागरिकका शवलाई पोष्टमार्टम र डिएनए परिक्षणका लागि काठमाडौं पठाइने छ । 

 


 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्