विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको सनाखत, अब पोष्टमार्टम गरिने
पाेखरा | माघ २, २०७९
पोखराः पोखरामा आइतबार विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको सनाखत भएको छ । पोखरामा आइतबार यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको परिवार तथा आफन्तको सहयोगमा सनाखत गरिएको हो ।
सनाखतमा हुनेमा १६ महिला र २२ पुरुष रहेका छन् । फेला परेकामध्ये सनाखत भइसकेका शवको पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार छन् ।
पोर्टमार्टमका लागि ७ सदस्यीय राष्ट्रिय टोली गठन गरिएको छ डाक्टर भरत खत्रीका अनुसार सो टोलीमा पोखराका ५ जना र काठमाडौंका २ जना डाक्टर रहेका छन् ।
काठमाडौंका २ जना डाक्टर पोखरा आइपुगेकाले आवश्यक प्रक्रिया पुरा भइसकेको डाक्टर भरत खत्रीले बताए । उनले काठमाडौंका २ जना डाक्टर पोखरा आइपुगेकाले अब पोष्टमार्टम गर्ने बताए ।
‘काठमाडौंबाट आउनुहुने २ जना डाक्टर पोखरा आइपुग्नु भएको छ । सबै प्रक्रिया पुरा भइसकेका छन्’, डाक्टर खत्रीले भने, ‘पोष्टमार्टम गर्न मिल्ने जति गरेर आफ्ना आफन्तलाई बुझाउन तयार छौं ।’
उनले हालसम्म फेला परेका शवलाइ नम्बर किटान गरेर राखिएको बताए । ‘हामीले सुरुदेखि ल्याएका शवलाई नम्बरिङ गरेका छौं, त्यो मध्ये पहिचान गर्न सक्ने जतिलाई यहि गर्छाै र आफन्तलाई जिम्मा लगाउँछौ’, उनले भने, ‘बाँकी सबैलाई हेलीमार्फत काठमाडौं पठाउने व्यवस्था गरेका छौं ।’
उनका अनुसार सनाखत हुन नसकेका शव, चालकदलका सदस्यहरु र विदेशी नागरिकका शवलाई पोष्टमार्टम र डिएनए परिक्षणका लागि काठमाडौं पठाइने छ ।


लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

