५४ सय मिटरको थोङफेदीमा मृत भेटिइन् एक्ली पदयात्री
पाेखरा | माघ २, २०७९
सांकेतिक तस्बिर
पोखराः मनाङको थोरङला पास पदमार्गमा एक महिला पदयात्री मृतावस्थामा भेटिएकी छिन् । उक्त पदमार्गमा रहेका पदयात्रीले महिला मृत अवस्थामा भेटेपछि हुम्दे प्रहरीलाई खबर गरेका थिए ।
पोखरामा रहेको नर्थ नेपाल ट्रेक्स एण्ड एक्सपिडिसनका सञ्चालक माेहन भण्डारीले पाेखराबाट गएका पथप्रदर्शकहरुले बिहान ८ बजे देखेकाे र उक्त जानकारी प्रहरीलाई दिएकाे सुनगाभा न्यूजलाइ बताए । पथप्रदर्शकहरुले उनको हाइ अल्टिट्युडकाकारण मृत्यु भएको अनुमान गरेका छन् ।
जानकारी पाएपछि घटनास्थल पुगेको मनाङ प्रहरीले उनी मृत अवस्ठामा रहेकाे पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले उक्त महिला कोरियन नागरिक रहेको र अन्दाजी ४५ वर्षीया रहेको जनाएका छन् ।
उनको शव करिब ५४ सय उचाईमा रहेको थोङफेदीमा भेटिएको हो । उनी पथप्रदर्शबिना पदयाात्रामा निस्किएको हुनसक्ने जनाइएको छ ।
हाल उनको शव मनाङमा रहेको र काठमाण्डौं पठाउन समन्वय भइरहेको श्रेष्ठले जानकारी दिए । त्यस्तै, सोही पदमार्गमा विदेशीका अन्य २ शवसमेत भेटिएको र एकमुष्ट पठाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।
(नोटः यसअघि प्रयोग भएको मृतकको तस्बिर कोरियन दूतावासको अनुरोधमा हटाइएको छ । –सम्पादकं)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

