उपराष्ट्रपति पुनले भेटे वर्षमान पुनलाई

काठमाडाैं | माघ ४, २०७९

उपराष्ट्रपति पुनले भेटे वर्षमान पुनलाई

काठमाडौं:    उपराष्ट्रपति नन्द किशोर पुन उपचाररत पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरु अस्पताल पुग्नु भएको छ । उपराष्ट्रपति पुनले बुधवार बिहानै अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनु भएको हो ।


भेटका क्रममा चिकित्सकहरूले नेता पुनको अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको जानकारी गराएका थिए । पुस ३० गते अस्पतालमा भर्ना हुनु भएका नेता पुनको उपचार प्रभावकारी बनाउन अस्पताललाई उपराष्ट्रपति पुनले निर्देशन समेत दिनुभएको सचिवालयले जनाएको छ । 

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

थप पढ्नुहोस्

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्