बगर भाई खलक एट ए साइड सुरु, उद्घाटन खेलमा आयोजक बिजयी

पाेखरा | माघ ४, २०७९

बगर भाई खलक एट ए साइड सुरु, उद्घाटन खेलमा आयोजक बिजयी

पोखराः   पोखराको पुरानो टुँडीखेल मैदानमा मंगलबारबाट“प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता”सुरु भएको छ ।


उद्घाटन खेलमा बगर भाई खलकले गण्डकी स्पोर्टस क्लवलाई ५-१ को भारी गोल अन्तरले पराजित गरेको हो । उक्त खेलमा भाई खलकका लागि सुजन शाक्यले ह्याट्रिक गर्दै खेलको म्यान अफ दि म्याच घोषित भए ।


त्यसै गरी अर्को खेलमा दिप युनाइटेडले एक्स वारियर पोखरालाई ३-१ ले पराजित गर्यो। खेलमा अर्जुन गुरुङ, अन्तिम गुरुङ र अशिम बजिमयले समान १–१ गोल गरे भने एक्स वारियरका तर्फबाट किशोर देव थापाले गोल फर्काए ।


प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गरेका यिए ।प्रमुख आचार्यले अग्रज फुटबल खेलाडी खेम बहादुर गुरुङलाई सम्मान गरेका थिए । सो अवसरमा विभिन्न महानुभावहरुले ग्रासरुट फुटबल प्रशिक्षणका लागि स्थापना गरिएको अक्षयकोषका लागि नगद सहयोग गरेका थिए ।


स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम भन्ने नाराका साथ सुरु भएको “प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” माघ ८ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् ।


प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी सहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने दुइ टिमलाई २०र२० हजार आयोजकले उपलब्ध गराउने बताएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ 

पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।      समाजको उपाध्यक्षमा महेशराज ढकाल,...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।   महासंघ प्रेस तथा अभिव्यक्ति स्...

थप पढ्नुहोस्