पोखरा महोत्सवमा ४ करोडको कारोवार

पाेखरा | माघ ५, २०७९

पोखरा महोत्सवमा ४ करोडको कारोवार

पोखराः  पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा करिव एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन । 

 

युनाइटेड क्लबले आयोजना गरेको ११ औं महोत्सवमा करिव १ लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् भने महोत्सवमा करिव ४ करोड बरावरको कारोवार भइसकेको अर्थ संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।  


महोत्सवमा बहुचर्चित लोकदोहोरी गायक बद्री पंगेनीले आफ्नो एकल प्रस्तुतीबाट स्टेजमा गाउन सुरु गर्दै दोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका छन् । त्यसैगरी हास्यब्यङग्य मार्फत पोखरेली धुर्मुस र माग्ने बुढाको प्रहसन मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए ।


महोत्सवमा बद्री पंगेनी संगै जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ ए.एस.एम.को प्रस्तुती मार्फत युवाहरुलाई भरपुर मनोरन्जन लिएका थिए ।


युनाइटेड क्लबले आयोजना गरेको एघारौं संस्करणको पोखरा महोत्सवको आठौं दिन दर्शकहरुको उल्लेख्य सहभागीता रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा घोडसवार, महोत्सव स्थलबाटै निशुल्क रुपमा चिडियाखान जाने बसको ब्यवस्था, स्वास्थ्य उपचार लगायतका सुविधा संगै विदेशी पर्यटकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएकाले पनि महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रुपमा रहेको प्रचार प्रसार संयोजक सुनारले बताए ।


महोत्सवको नवौ दिन बिहीबार चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योती मगर, जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्ट तर्फ सविन राइ एण्ड फेरोहको प्रस्तुती रहने  कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी दिए ।


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्