गोरु संरक्षणका लागि कृषकलाई प्रोत्साहन
सिन्धुपाल्चोक | माघ ५, २०७९
सिन्धुपाल्चोक: गोरुपालन लोप हुन लागेको भन्दै संरक्षणका लागि बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रोत्साहन स्वरूप आर्थिक अनुदान दिन थालेको छ ।
नगरप्रमुख बालकृष्ण बस्नेतले वडा नम्बर १ देखि ९ सम्म ७७६ कृषकले गोरुपालन गरेकोले उनीहरूलाई प्रोत्साहन गर्न प्रति किसान १० हजारका दरले नगद अनुदान दिन सुरु गरिएको जानकारी दिनु भयो । पछिल्लो समय खेतबारी जोत्न ट्याक्टर भित्रिदैं गएको र गोरु पाल्ने किसान घट्दै गएकोले गोरु पाल्नका लागि प्रोत्साहन दिने अभियान सुरु गरेको प्रमुख बस्नेतले थप्नु भएको छ । गोरुको बीमा गर्दे प्रोत्साहन अभियान तीन दिन भित्र सक्ने जनाइएको छ ।
उक्त नगरपालिकामा ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या कृषिमा आबद्ध छन् । तर अधिकांश कृषकले गोरु पाल्न छाडेर डिजेलबाट चल्ने ट्याक्टर प्रयोग गर्न थालेका छन् । भौगोलिक विकटता र खेतबारीमा गहिराई खन्न नसक्ने ट्याक्टर उपयोगी नभएको भन्दै नगरले गोरुपालनलाई प्राथमिकतामा राखेर किसानलाई प्रोत्साहन दिन थालेको छ । वडा नम्बर ९ का कृषक शिव प्रसाद तिमल्सिनाले नगरपालिकाको प्रोत्साहनले किसानलाई कृषि पेसामा ऊर्जा थपिएको सुनाउनु भयो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

