माया गर्ने मुटुले निधारले होइनः सांसद योगेश भट्टराई

पाेखरा | माघ ५, २०७९

माया गर्ने मुटुले निधारले होइनः  सांसद योगेश भट्टराई

पोखराः   नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले सभामुखका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न नेपाली कांग्रेसलाई आह्वान गरेका छन् । 


बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखका उम्मेदवार घिमिरेलाई मत माग्दै कांग्रेसले मुटुदेखि नै प्रधानमन्त्रीलाई समर्थन गरेको कि निधार देखि भन्दै प्रश्न गरेका छन ।  


‘प्रधानमन्त्रीलाई कांग्रेसले विश्वास मत दिएको छ, बिहान प्रमोद खरेलको गीत सुने, माया गर्ने मुटुले हो निधारले होइन, उनले भने, प्रधानमन्त्रीलाई मुटुबाट नै माया गरेको हो भने सभामुखलाई पनि मतदान गर्न अनुरोध छ ।'

 

उनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्