टिकटक लाइभमा जुवा खेलाउने एक पक्राउ

काठमाडाैं | माघ ५, २०७९

टिकटक लाइभमा जुवा खेलाउने एक पक्राउ

काठमाडौं:  टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् ।


रुकुम पूर्वको पुथा गाउँपालिका–५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।


उनले आफ्नो ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभमार्फत् जुवा खेलाएको सूचनाका आधारमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।


मल्लले ‘क्विक क्यास’ नामक टिकटक  आइडीहरू खोली दुईवटा इ–सेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको खुलेको छ ।


उनको साथबाट जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन एक थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर एक थान र जुवा खेलाउन प्रयोग भएका तास तीन बुक प्रहरीले बरामद गरेको छ ।


उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

थप पढ्नुहोस्

पोखरा:   नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...

थप पढ्नुहोस्