नेप्से परिसूचकमा झिनो अङ्कको वृद्वि

काठमाडाैं | माघ ५, २०७९

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्वि

काठमाडौं:   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ७१ अङ्कले उकालो लागेर दुई हजार एक सय ७८ दशमलब ८१ मा पुगेको छ ।


आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारको मापक सेन्सेटिभ परिसूचक एक दशमलब १५ अङ्कले उकालो लागेर चार सय १५ दशमलब शून्य पाँचमा पुगेको छ ।


कारोबार भएकामध्ये ८५ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा एक सय आठ कम्पनीको शेयर मूल्य घटेको छ भने कूल १४ कम्पनीको शेयर मूल्य स्थिर छ । आजको कारोबारमा विभिन्न कम्पनीका कूल ८२ लाख ४७ हजार छ सय ४६ कित्ता शेयर रू तीन अर्ब चार करोड ४५ लाख २९ हजार तीन सय २९ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख १२ हजार दुई सय ३३ पुगेको छ ।


कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष  स्थानमा छ । बैंकको रू १८ करोड चार लाख ४४ हजार छ सय ५३ बराबरको शेयर कारोबार भयो । यस्तै, रिडी पावर रू १२ करोड ३२ लाख २७ हजार आठ सय ६८, पिपल्स पावर रू १० करोड ४० लाख ५८ हजार पाँच सय दुई, अपि पावर कम्पनी रू नौ करोड ४५ लाख ७५ हजार एक सय ५२ र नेपाल लाइफ इन्स्योरेन्सको रू आठ करोड ८२ लाख १२ हजार सात सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।


नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी नौ दशमलब ५४, नेपाल पूर्वाधार बैंक सात दशमलब २०, ग्रीन भेञ्चर्स छ दशमलब ७१ र श्वेतगङ्गा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलब १० प्रतिशतले कमाएका छन् ।


त्यस्तै, कुमारी धनवृद्धि योजना आठ दशमलब ८९, लक्ष्मी लघुवित्त पाँच दशमलब ४४, सिटिजन म्युचुअल फण्ड तीन दशमलब ८०, ग्लोबल आइएमई लघुवित्त तीन दशमलब ७७ र स्वाभिमान लघुवित्त कम्पनीको शेयर मूल्य तीन दशमलव ७२ प्रतिशतले घटेको छ ।     

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्