हिमचितुवाको फोटो खिच्ने टासीलाई फाटोग्राफर संघ गण्डकीद्धारा सम्मान
पाेखरा | माघ ६, २०७९
तनहुँ: अती दुर्लभ मानिने हिमचितुवाको तस्वीरबाट अन्तराष्ट्रिय बन्यजन्तु तथा बातावरण क्षेत्रमा चर्चित नेपालका वाइल्डलाइफ फोटोग्राफर टासी आर घले फोटोग्राफरहरुकै संस्था फाटोग्राफर संघ गण्डकीद्धारा सम्मानित भएका छन ।
बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोटोग्राफी पुरस्कार र सम्मान पाई सकेका चर्चित ब्यक्तित्व घलेलाई ब्यास न.पा. तनहुँको तनहँुसुरमा गण्डकी फोटोग्राफर संघ गण्डकीको आयोजनामा भएको सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरेका छन ।
कार्यक्रममा टासी आर घलेले दुर्लभ बन्य जन्तु त्यसमाथी पनि अत्यन्त कठिन हिमाली क्षेत्रमा रहने हिउचितुवाको तस्वीर खिच्नका लागी एक फोटोग्राफरका नाताले गरेका संघर्ष र त्यसबाट पाएको उपलब्धी बारे चर्चा गरेका थिए । ब्यास न.पा. तनहुँको तनहँुसुर देवस्थल सामुदायिक होमस्टेमा भएको सो कार्यक्रममा गण्डकी प्रदेशका बिभिन्न जिल्लाका फोटोग्राफरहरुको उपस्थिती रहेको थियो । स्थानिय ब्यवस्थापन फोटोग्राफर एसोसियसन तनहुँले गरेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीराम सुबेदीले गरेका थिए ।
फोटोग्राफर संघ गण्डकीको आयोजनामा भएको सो कार्यक्रममा उपस्थित सहभागीहरुले तनहुसूर ऐतिहासिक दरबार, गढी र सहिदस्मारक पार्क लगायत पुरानो हटिया बजारको बदलिदो स्वरुपबारे पनि अवलोकन गरेका थिए । सोही दिन तनहू फोटोग्राफर एसोशियसनले आयोजना गरेको फोटोग्राफरहरुका लागि फोटोपत्रकारिता प्रशिक्षण कार्यक्रम पनि सञ्चालन भएको थियो । गण्डकी प्रदेशका लमजुड., मनाड., पर्वत, कास्की र तनहुका फोटोग्राफरहरु संलग्न रहेको सो फोटोग्राफरका लागि फोटोपत्रकारिता तालिम कार्यक्रममा पत्रकार घनश्याम पौडेलले प्रशिक्षण दिएका थिए ।
साथै नेपाल फोटोपत्रकार संघ कास्कीका अध्यक्ष समेत रहेका फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले समेत आफ्रनो फोटोपत्रकारिताका अनुभव आदनप्रदान गरेका थिए । २ दिन संम्म चलेको सो कार्यक्रममा अन्य सम्मानका कार्यक्रम लगायत यस क्षेत्रका फोटोग्राफरहरुलाई आगामी दिनमा आफ्नो पेशा तथा ब्यक्तित्व बिकासमा के कसो गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल भएको थियो ।
स्थानिय तनहूसुरको देवस्थल सामुदायिक होमस्टे र त्यसले गाउलेमा पारेको प्रभावबारे होमस्टेका अध्यक्ष मदन आलेले प्रकास पार्दै होमस्टे सञ्चालन अगाडी गाउघरको सरसफाई र चेतनामा होमस्टे सञ्चालन पछि आएको परिर्वतनले धेरै प्रभाव पारेको बताएका थिए । कार्यक्रममा लमजुड. फोटोग्राफर संघका अध्यक्ष मिलन शर्मा दनाइ, मनाङ फोटोग्राफर संघका अध्यक्ष नविन लामिछाने अंकुर, पर्वत फोटोग्राफर संघका अध्यक्ष नारायण बहादुर के सी, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल, फोटोग्राफर एशोशियशन तनहुँका अध्यक्ष आलोक कुमाल, मिराज विडिड. फोटोग्राफी एवार्डका संस्थापक भक्त तामाड. साथै स्थानिय कार्यक्रम ब्यावस्थापक तथा तनहू फोटोग्राफर संघका भूपू अध्यक्ष बलभद्र श्रेष्ठ, फोटोग्राफर एशोशियशन तनहुँका सल्लाहकार कुमारमोहन श्रेष्ठ लगायतले आफनो मन्तब्य राखेका थिए । सोहि कार्यक्रममा तनहू फोटोग्राफर एशोसियसनले तनहूका अग्रज फोटोग्राफर बालकृष्ण श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

