पोखरा इन्जिनियरिङ कलेजः २४ वर्षपछि नेविसंघको प्यानलै विजयी

पाेखरा | माघ ६, २०७९

पोखरा इन्जिनियरिङ कलेजः २४ वर्षपछि नेविसंघको प्यानलै विजयी

पोखराः  पोखरा इन्जिनियरिङ कलेजमा स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा नेपाली कांग्रेस समर्थित नेपाली विद्यार्थी संघ २४ वर्षपछि प्यानलै विजयी भएको छ । 


शुक्रबार भएको स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा नेकपा एमाले अनेरास्ववियु र माओवादी समर्थित अनेरास्ववियु (क्रान्तिकारी)को प्यानललाई पराजित गर्दै नेविसंघ २४ वर्षपछि प्यानललै विजयी भएको हो । 


स्वतन्त्र विद्यार्थी परिषद्को सभापतिमा विजयी भएका नेपाल विद्यार्थी संघका सभापति पदका उम्मेदवार विराट सिग्देलले मत २ सय ८५ मत प्राप्त गर्दै विजयी भए । यस्तै अनेरास्ववियुका उम्मेदवार विरेन्द्र जिसीले १ सय ६५ र अनेरास्ववियु (क्रान्तिकारी) का उम्मेदवार पवन लम्सालले १सय ३१ मत प्राप्त गरे । 


यस्तै पोखरा इन्जिनियरिङ कलेज स्वतन्त्र विद्यार्थी परिषद्को सचिवमा नेपाल विद्यार्थी संघका उम्मेदवार मिलन डुम्रेले ३ सय ५३ मत प्राप्त गर्दै विजयी भएका छन । सचिव पदका उम्मेदवार अनेरास्ववियुका स्वतिका पौडेलले १ सय ५४ र अनेरास्ववियु (क्रान्तिकारी) का कविन पाठकले ७२ मत प्राप्त गरे ।  


कोषाध्यक्ष पदमा विजयी भएका नेविसंघका उम्मेदवार कृति वाग्लेले २ सय ८१ मत प्राप्त गरे ।  नेकपा एमाले समर्थित अनेरास्ववियुका उम्मेदवार राज अमृत सुवेदीले २ सय ११ मत प्राप्त गरे भने अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवार जानकारी वडुले ८० प्राप्त गरे । 

 

सदस्यमा नेपाली विद्यार्थी संघका उम्मेदवार सुवासचन्द्र पण्डित ३ सय १८, अनिष गिरी २सय ४९, सोवित कार्की २ सय ८४ र  भुमिका छुमीले २ सय ९० मत प्राप्त गर्दै विजयी भए ।  


शुक्रबार सम्पन्न भएको निर्वाचनमा ६सय १४ मतदातामा ५ सय ८४ जनाले मतदान गरेका थिए । 


कसले कति मत पाए ?  


 

पोखरा:   बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ ।  सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...

थप पढ्नुहोस्

काठमाडौं:   नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।  नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...

थप पढ्नुहोस्

पोखरा:   १४  औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ ।  युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह ख...

थप पढ्नुहोस्