वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी

काठमाडाैं | माघ ७, २०७९

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी

काठमाडौंः    नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी विजयी भएका छन् । संघको ७ वटा पदाधिकारीमा मञ्चको ५ वटा उम्मेदवार विजयी भएका छन् ।


संघको शुक्रबार सम्पन्न २९औं साधारण सभामा भण्डारीले १९९ मत ल्याई विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी रहेका कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कुमुद खनालले १३१ र लोकतान्त्रिककै भुवनसिंह गुरुङले १५७ र माओवादीनिकट व्यवसायी ईश्वरबहादुर जिसीले १२१ मत प्राप्त गरेका थिए ।


संघको प्रथम उपाध्यक्ष डिकबहादुर (कुमार) खत्री (२५३), द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ (२६३), तृतीय उपाध्यक्ष रोशन कटुवाल (१९२), महासचिव मेघनाथ भुर्तेल (२६३), सचिव कर्णराज कटुवाल (२४१) र कोषाध्यक्ष सरिता घले (२२८) निर्वाचित भएका हुन् ।


त्यस्तै सदस्यहरूमा राजेन्द्र बस्नेत (२९१), विक्रम श्रेष्ठ (२४६), देवीमाया थापा (२४५), बैकुण्ठप्रसाद पौडेल (२३२), कैलाश पाठक (२३०), देउमान नेम्वाङ (२२४), आनन्द कोइराला (२१८), नारायण भुषाल (२१७), तोरणकुमार कार्की (२१२)र चन्द्रबहादुर लिम्बू (२१०) निर्वाचित भएका हुन् ।


नवनिर्वाचित भण्डारीले १० हजार सेवा शुल्क निर्णय खारेज गरी अन्तर्राष्ट्रिय प्रचलनअनुसार कामदारले पाउने एक महिनाको तलबबराबरको रकम व्यवसायीले सेवा शुल्कबापत लिन पाउने व्यवस्था गर्न आफ्नो कार्यसमितिको पहलकदमी रहने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्