माघ २२ देखि पोखरामा ‘बिटी कप’

पाेखरा | माघ ७, २०७९

माघ २२ देखि पोखरामा ‘बिटी कप’

पोखरा:   बुद्धटोल युवा क्लबले आगामी माघको तेस्रो साता १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी २२ गते देखि फागुन २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने आज ९शनिबार० आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

 

क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।  

 

उनले क्लबका सल्लाहकार स्वर्गीय विरेन गुरुङको स्मृतिमा विगतमा चैत्रमा प्रतियोगिता आयोजना गरिदै आएको बताउदै यसपटक स्व। गुरुङको जन्मदिनको दिनदेखि सुरु गरिने जानकारी दिए । ‘हाम्रो क्लबको सल्लाहकार हुनुहुन्थ्यो स्वर्गीय विरेन दाई, प्रतियोगिता उहाँको स्मृतिमा चैतमा आयोजना गर्दै आएका थियौ, अध्यक्ष थापाले भने, ‘चैत्रमा हावाहुरी र पानी पर्ने भएकाले दाईकै जन्मदिन पारेर प्रतियोगिता माघमा सारेका छौं ।’

 

उनले सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । 

 

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।

 

अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६/६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिनेछ ।

 

सो प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने र प्रतियोगिता सञ्चालनका लागि करिब २३ लाख खर्च हुने आयोजकले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्