कालीकोटका बाढीपीडितले अझै राहत पाएनन्
कालीकोट | माघ ७, २०७९
फाइल तस्बिर
कालीकोट: कालीकोटका स्थानीय तहले बाढीपीडितको विवरण नपठाउँदा पीडितले राहत पाउन सकेका छैनन् । स्थानीय तहले गत असोज १९ देखि २५ गतेसम्म वर्षासँगै आएको बाढीपहिराको क्षतिको विवरण हालसम्म नपठाउँदा पीडितलाई राहत दिन समस्या भएको छ । जिल्लाका नौवटै स्थानीय तहले विपद्बाट क्षति भएका घरको पूर्ण विवरण नपठाउँदा राहत दिन ढिलाइ भएको छ ।
बाढी पहिराले पूर्ण क्षति भएका घरको विवरण स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिलाई नपठाएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । “समितिले पटकपटक विवरण पठाउन ताकेता गर्दै आएको छ, स्थानीय तहले विवरण पठाएका छैनन्”, उनले भने । चार पटक ताकेता गर्दा पनि क्षतिको विवरण नपठाएको उनको आरोप छ ।
कालीकोटका नौवटै स्थानीय तहका छ सय ३२ घर पूर्णरुपमा क्षति, सात सय ३२ घर आंशिक क्षति, सात सय ३८ घर उच्च जोखिममा छन् भने चार सय २९ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढीबाट घर पूर्णरुपमा क्षति भए पनि अहिलेसम्म राहत नपाएको पीडित नरहरिनाथ गाउँपालिका–९ का रत्नबहादुर शाहीले बताए । “पहिराले घर क्षति भएको चार महिना भयो । अहिलेसम्म राहत पाउन सकेको छैन”, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

