२० औँ विश्व भेट्रान्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण
काठमाडाैं | माघ ७, २०७९
काठमाडौँ: ओमानको मस्कटमा जारी २० औँ विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ ।
आज शनिबार सम्पन्न पुरुष ४५ वर्ष माथिको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले भारतीय खेलाडी रजनीश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् ।
नेपाली जोडीले भारतीय जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको मस्कटबाट प्रशिक्षक अनिता महर्जनले जानकारी गराएकी छिन् । नेपाली खेलाडीहरूको हौसला अभिवृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्याल र नेपालीहरूको उपस्थिति रहेको खेलाडी दुलालले जानकारी गराए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

