नेपाल व्यवस्थापन संघ गण्डकीमा डा.वीरबहादुर कार्की

पाेखरा | माघ ७, २०७९

नेपाल व्यवस्थापन संघ गण्डकीमा डा.वीरबहादुर कार्की


पोखरा:  नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेशको नयाँ समिति गठन गरिएको छ । 


आज (शनिबार) संघका केन्द्रिय अध्यक्ष उपेन्द्रप्रसाद पौडैलको अध्यक्षतामा पोखरामा आयोजित कार्यक्रममा नयाँ समिति गठन गरिएको हो । 


 पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा.वीरबहादुर कार्कीको अध्यक्षतामा नवगठित प्रदेश समितिका, उपाध्यक्षमा पृथ्वीनारायण क्याम्पसकै प्राध्यपक देवीलाल शर्मा, सचिवमा शंकर पेपर र्वक्स प्रालिका माधव बस्ताकोटी, कोषाध्यक्षमा नबिल बैंकतर्फ गण्डकी प्रदेशका प्रमुख सूर्यबहादुर रोका चयन भएका छन् । 


त्यसैगरी सदस्यहरुमा सफल मिडिया हाउस प्रालिका अध्यक्ष दुर्गाप्रसाद हुमागाइइ, होटल स्नोल्यान्डका प्रबन्धक तथा निर्देशक गणेशबहादुर थापा, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख प्रकाश रेग्मी र हिमश्री फुडका अमिता थापा चयन भएको निर्वाचन समितिका संयोजक दिलीप पौडेलले जानकारी दिए । 


गण्डकी विश्वविद्यालका कुलपति डा.गणशमान गु्रुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, महासचिव मोहन ओझा, पूर्वकोषाध्यक्ष दिलिप पौडेलले संघको हालसम्म गरिएका गतिविधि र आगामी कार्यक्रमका विषयमा प्रकाश पारेका थिए । 
 

कार्यक्रममा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज पुल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, नवनियुक्त अध्यक्ष डा. वीरबहादुर कार्की र देविलाल शर्मा अगायतले बोलेका थिए । 

 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्