पोखरा महोत्सवमा दर्शक बढ्दै

जटिल रोग संग जुध्दै आएकी महिला उद्यमी भट्टराई सम्मानित

पाेखरा | माघ ८, २०७९

पोखरा महोत्सवमा दर्शक बढ्दै

पोखरा:  अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन दर्शकको उल्लेख्य सहभागीता रह्यो । महोत्सवमा शनिबार मात्रै महोत्सवमा ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थिती संगै कारोबार समेत बढेको छ । शनिवार करिब एक करोड बरावरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।


यसैबिच एघारौं पोखरा महोत्सवमा सामाजिक व्यक्तित्व तथा महिला उद्यमी समेत रहेकी  लक्ष्मी शर्मा भट्टराई सम्मानित भएकी छिन । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवमा आफ्नो स्वास्थ्य कार्यक्रम अन्तर्गत जटिल रोग संग जुध्दै अगाडि वढिरहेकी पोखरा १७ निवासि सामाजिक अभियनता एवं महिला उद्यमी समेत रहेका लक्ष्मी शर्मा भट्टराईलाई नगद र प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरेको हो ।


भट्टराईलाई युनाईटेड क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ,  संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लवका अध्यक्ष तथा महोत्सव मुल समारोहका संयोजक राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्धितिय उपाध्यक्ष शान्त बहादुर थापा, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्य बहादुर बानिया, सचिव पूर्ण कला पोख्रेल र कोषाध्यक्ष सीमा गुरुङ सहित क्लवका कार्यसमिति सदस्य एवं स्वास्थ्य समिति संयोजक जयराम आचार्यले दोसल्ला, नगद र सम्मान पत्र सहित सम्मान गरेका थिए ।


सो अवसरमा वोल्दै सम्मानित ब्याक्तित्व लक्ष्मी शर्मा भट्टराईले आफु क्यान्सर जस्तो रोगबाट ग्रसित भइरहदा विभिन्न ब्याक्ति तथा संघ संस्थाको सहयोगले आफुमा आत्मबल बढेको वताउदै स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आइरहेको युनाइटेड क्लवले केही आथिक सहयोग सहित सम्मान गरेकोमा धन्यवाद ब्यक्त गर्दै कुनैपनि रोग लागेका हरुलाई आत्मबल बढाउने गरी सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन । भट्टराई नेपाल सरकार महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमीको रुपमा समेत सम्मानित भएको हुंदा युनाइटेड क्लबले सम्मान सहित बधाइ समेत ज्ञापन गरेको थियो ।


महोत्सवमा शनिवार चर्चित लोकदोहोरी गायक रामजी खाँडको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरजन्न लिए । खाँड संगै लोकदोहोरी तर्फ जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्का, सविना गुरुङ, माया केसी, पुजा गुरुङ लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । त्यस्तै पुरुषोत्तम भण्डारी (पुर्खे बा)को हास्य प्रहसनद्धारा दर्शकहरुले मनोरन्जन लिनुका साथै सांझको लाइभ ब्याण्डमा युवाहरु बीच चर्चित भिटेनको प्रस्तुतीमा महात्सवमा उपस्थित युवाहरुले भरपुर मनोरन्जन लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।


महोत्सवको एघारौं दिन लोकदोहोरी तर्फ राजु परियार, जीवन दाहाल, अस्मिता डल्लाकोटी, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, प्रदिप त्रिपाठी, करण तामाङ, मधु चापागाइ, रामजी पौडेल, सिता केसी, रिता कुंवर लगायतको प्रस्तुती रहनेछ । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ दीक्षिता कार्कीको प्रस्तुती रहनेछ । आइतबार बिद्यालय स्तरिय लोनृत्य प्रतियोगिताको समेत फाइनल हुने छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्