जेसिएलाई हिसान फुटसलको उपाधि
पाेखरा | माघ ८, २०७९
पोखराः हिसान गण्डकीको आयोजनामा पोखरामा भएको प्रथम हिसान फुटसल प्रतियोगिताको उपाधि पोखरा २६ लेखनाथको जुनियर सिटिजन एकेडेमी (जेसिए)ले जितेको छ ।
कास्की छनौट प्रतियोगिताको फाइलनमा जेसिएले कास्की मोडनाइज एकेडेमीलाई २–१ गोलले पराजित गर्दै उपाधि चुमेको हो । फाइनलमा जेसिएका लागि विकास परियार र विमल चन्द्रले एक एक गोलको योगदान दिए । त्यसै गरी कास्की मोडनाइजका लागि विजय गिरीले एक गोल गरे ।
आइतबार नै भएको सेमिफाइनल खेलमा कास्की मोडनाइजले करुणनिधि एजुकेसन फाउण्डेसनलाई ५–० गोलले हराउदै फाइनल प्रबेश गरेको थियो । त्यसै गरी जेसिएले सगरमाथालाई ३–२ गोलले हराउदै फाइनल प्रबेश गरेको थियो ।
विजयी खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, उपाध्यक्ष डा रामजी प्रसाद शर्मा, कास्की अध्यक्ष यमबहादुर रोका, प्रतियोगिताका संयोजक सन्तोष पराजुली, सबिन मेमोरियल फुटबल क्लबका अध्यक्ष सन्जय लिगल, प्रदेश खेलकुद परिषद्की सदस्य निर्मला बराल लगाएतले अबिर, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए ।
प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । कास्की जिल्लाबाट ८ टिम छनौट भै प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् । छनौट भएका टिममा सगरमाथाका दुई टिम, लिटिलस्टेप, केफ, जेसिए, माउण्ट अन्नपुर्ण, कास्की मोडनाइज, सृजना सेकेण्डरी स्कुल छनोट भएका छन् ।
कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने उनले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

