कावासोतीमा सिँचाइको अभावले खेतीयोग्य जमिन बाँझै
नवलपरासी | माघ ९, २०७९

कावासोती: पूर्वीनवलपरासीमा कृषि उत्पादनका लागि उर्वर भूमि सिँचाइको अभावले बाँझो रहने समस्या बढेको छ। पर्याप्त सिँचाइ नहुँदा लक्ष्यअनुसारको उत्पादन पनि हुन सकेको छैन।
गैँडाकोट नगरपालिका वडा नं.–३ अन्नबाली उत्पादनमा किसान तल्लीन भए पनि सिँचाइको पहुँच नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै छन्। नवलपुर गैँडाकोटको हर्दी र केलादीका किसानले सिँचाइको अभावमा खेतीबाली लगाउन पाएका छैनन्।
वर्षायाममा खेतीबालीका लागि आकाशको पानीको भर पर्दछन् भने हिउँदमा खेतबारी बाँझै राख्ने गरेका छन्। गैँडाकोट हर्दीको एक सय बिघा र केलादीको ५० बिघा जमिन सिँचाइ अभावले बाँझो छ।
गैँडाकोटका अधिकांश युवा विदेशबाट फर्किएर कृषि पेसामा आबद्ध भएका छन् तर सिँचाइ नहुँदा चाहेर पनि खेती गर्न नसकेको स्थानीय कृषक हरिबहादुर मिश्रले बताउनुभयो।
वैदेशिक रोजगारमा १५ वर्ष बिताएर स्वदेश फर्कनुभएका गैँडाकोट–३ निवासी मिश्रले कृषिमा राम्रो सम्भावना देखेर व्यावसायिक खेती सुरु गर्नुभयो तर सोचेअनुसारको हुन सकेन।
उहाले भन्नुभयो, “सिँचाइ छैन, अप्ठ्यारो छ। सिँचाइ भए यो खेतीयोग्य जमिन बाँझो हुने थिएन, विदेशबाट केही गर्न यहाँ आए भने निराशा मात्रै छ।”
बर्खामा हुने अन्नले हिउँद टार्नुपर्ने बाध्यता छ। वर्षायाममा आकाशको भर पर्नुपर्ने हिउँदमा भने पूरै खेतीबारी बाँझै राख्नु पर्दा किसान चिन्तित छन्। १० रोपनी खेत भएर पनि मकै र कोदोबाहेकको अरू खेती गर्न नपाउँदा आफूहरू समस्यामा परेको अर्की स्थानीय कृषक सम्झना न्यौपानेको गुनासो छ।
६२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गैँडाकोटको हर्दी र केलादीमा सिँचाइ व्यवस्थाका लागि काम भइरहेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो। सिँचाइको समस्या समाधानका लागि लिफ्टिङ, सतही र बोरिङका लागि वडा कार्यालयबाट गत वर्ष २५ लाख रुपियाँमा काम सुरु गरिएको छ।
अहिले हर्दी र केलादीमा सिँचाइको ८० प्रतिशत काम भएको जानकारी दिनुभयो। सिँचाइको पहुँच पु(याउन सामान्य बजेटले नभ्याउँदा पनि समस्या भएको देखिन्छ।
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशक...
काठमाडौं: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...