दुई लाख भारतीय रुपैयाँसहित एक इटाली नागरिक पक्राउ
काठमाडाैं | माघ ९, २०७९
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको दुई लाख भारतीय रुपैयाँसहित एक इटाली नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रोवर्ट मिगानी रहेको प्रहरी स्रोतले जनाएको छ। उनी नेपालबाट भारतको नयाँ दिल्ली जाने क्रममा विमानस्थल पुगेका थिए। विमानस्थलमा प्रहरीको सुरक्षा जाँचका क्रममा मिगानीको साथमा स्रोत नखुलेको दुई लाख रुपैयाँ भारतीय नोट फेला परेको हो।
अहिले प्रहरीले नेपालमा रहेका मिगानी र उनले बोकेको रकमका विषयमा अनुसन्धान गरिरहेको छ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

