गण्डकीका कानूनमन्त्री गाहामगरले गरे पदभार ग्रहण

पाेखरा | माघ ११, २०७९

गण्डकीका कानूनमन्त्री गाहामगरले गरे पदभार ग्रहण

पोखराः    गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले पदभार ग्रहण गर्नुभएको छ ।

 

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा हिजो नियुक्त हुनुभएका गाहामगरले आज (बुधाबार) पदभार ग्रहण गर्नुभएको हो । 
 

मन्त्रीगाहामगरले पदभार ग्रहण गर्दै मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने शान्ति सुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान ब्यूरो लगायतका कार्य जिम्मेवारसँग सम्बन्धित विषयमा आवश्यक कानून, कार्यविधि, निर्देशिका आदिको पहिचान गरि मस्यौदा तर्जुमा प्रक्रियालाई अगाडी बढाउने निर्णय गर्नुभयो । 

 

मन्त्री गाहामगरले पदभार ग्रहणसँगै मन्त्रायल परिसरमा वृक्षारोपण र गण्डकी प्रदेशका सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाटसमेत गर्नुभएको थियो । 

 

यस्तै आर्थिक मामिला तथा योजनामन्त्री सिता कुमारी सुन्दास, भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान, सामाजिक विकासमन्त्री पन्चराम गुरुङ, कृषि तथा जलश्रोत मन्त्री वेदबहादुर गुरुङ (श्याम) र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुगजाली पनि पदभार ग्रणहण गर्नुभएको छ ।

 

पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीले हिजो (मंगलबार) मन्त्रालयलाई पूर्णता दिएका दिनुभएको थियो । 

 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्