घट्यो गाडी भाडा
काठमाडाैं | जेठ २०, २०७९
काठमाण्डौँ: यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।
नेपाल आयल निगमले बिहिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा लिटरमा रु १० को दरले घटाएसँगै विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।
भाडा घटेसँगै यात्रुबाहक सवारीमा दुई प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.९ प्रतिशत घटेको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागको विसं २०७८ चैत १७ को निर्णयअनुसार लागू गरिएकोमा पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिएको डिजेलको बजार मूल्य रु १६३ प्रति लिटरलाई आधार मान्दै आए पनि बिहिबार रातीदेखि प्रतिलिटर रु १० घटी रु १५३ कायम भएकाले सोहीअनुसार सवारी भाडा घटाएको हो ।
सरकारले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित आधारमा गर्ने व्यवस्थाअनुसार भाडादर घटेको विभागले जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले स्वचालित भाडादरले व्यवसायी र यात्रु दुवैलाई मर्का नपर्ने बताउनुभयो । उहाँले घटेको भाडा लिन सम्पूर्ण यातायात व्यवसायी, चालक तथा सहचालकलाई आग्रहसमेत गर्नुभएको छ ।
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

