माओवादी र नेसपाबीच छिट्टै एकता हुन्छ: सचिव पौडेल

काठमाडाैं | माघ १२, २०७९

माओवादी र नेसपाबीच  छिट्टै एकता हुन्छ:  सचिव पौडेल

काठमाडौं:  नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाल समाजवादी पार्टीसँग एकता छिट्टै हुने बताएका छन् ।  स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पौडेलले पार्टीको नाम र चुनाव चिन्ह फाइनल भएलगतै एकता हुने बताए । 


‘नेसपासँगको एकता छिट्टै टुंगो लाग्छ । आजको बैठकमा एकता गर्ने विषयमा प्रस्ताव गरिएको छ । अब धेरै लामो समयसम्म लमब्याउनु हुँदैन भन्ने छ ’ पौडेलले भने, ‘हामीले धेरै कुरा अघि बढाई सकेका छौं । पार्टीको नाम र चुनाव चुनाव चिन्ह टुंगो लगाउन बाँकी छ छिट्टै एकता हुन्छ ।’


तर एकीकृत समाजवादीसँगको एकता अगाडि बढिनसकेको पौडेलले बताए । तर, विचार मिल्नेहरु एक ठाउँमा आउने विषयमा भने एक मत देखिएको पौडेलले बताए ।  ‘अब धेरै पार्टी बनाएर काम छैन । पार्टीहरु धेरै भए मन लागे खोल्ने भयो । पार्टीको उद्देश्य छैन बार्गेनिङ गर्न छुट्टै पार्टी बनाउनुको औचित्य छैन । छुट्टै पार्टी बनाउनु हाम्रोपनि अरु पार्टीका निम्ति पनि औचित्य छैन’ उनले भने, ‘आधारभुत विचार मिल्नेहरु एकतामा जानुपर्छ । अहिले बैंक मर्ज हुँदै गए । र  सहकारी मर्ज हुँदै जान दबाब दिएको छ । पार्टी ध्रुवीकरण किन नहुने हो ? विचार मिल्नेहरु एकता गरेर जानुको विकल्प नरहेको पौडेलले बताए ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्