राष्ट्रपति कांग्रेसलाई दिनुपर्छ: महामन्त्री थापा

काठमाडाैं | माघ १२, २०७९

राष्ट्रपति कांग्रेसलाई दिनुपर्छ:  महामन्त्री थापा

तनहुँ:  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनका लागि राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने बताउनुभएको छ । बिहीबार कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको आधारमा कांग्रेसले राष्ट्रपति पाउनु पर्ने उहाँले बताउनुभएको हो । 


‘‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरक–फरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय सहमतिमा नै कांग्रेसले राष्ट्रपति पाउनुपर्छ’’ महामन्त्री थापाले भन्नुभयो । निर्वाचनअघि माओवादीसँग गठबन्धन गरिएको आधारमा पनि कांग्रेसले राष्ट्रपतिलाई उम्मेदवार बनाएको व्यक्तिलाई माओवादीले समेत मत हाल्नु पर्छ भन्ने कांग्रेसको धारणा रहेको उहाँले बताउनुभयो । 


प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि स्वाभाविक रूपमा कांग्रेसको उम्मेदवारलाई माओवादीले राष्ट्रपतिमा सघाउनु पर्ने थापाको भनाइ छ । उम्मेदवार कसलाई बनाउने भन्ने सन्दर्भमा पनि कांग्रेसले चाँडै नै निर्णय गर्ने महामन्त्री थापाले बताउनुभयो । पार्टीका नेताहरूको बीचमा गरिने छलफल कुनै दुई व्यक्तिबीचको सहमति हैन त्यहाँभित्र हुने समझदारी व्यक्तिगत, अपारदर्शी हुनुहुँदैन, र गोप्य हुन नहुने उहाँको भनाइ थियो ।


‘‘कतिपय कुराहरू रणनीतिक होला तर समझादारीहरु गोप्य हुनु हुँदैन खुला हुनुपर्छ, निजीजस्तो कुरा गर्दा समस्या ल्याउँछ’’ थापाले भन्नुभयो । एमाले र माओवादीबीच पार्टी एकता भएपछि एमाले माओवादीबीच सम्झौता भएको गोप्य हुँदा समस्या निम्तिएको उल्लेख गर्दै महामन्त्री थापाले नितान्त व्यक्तिगत गर्न थालियो भने दुर्घटना निम्त्याउने बताउनुभयो । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्