राजस्व सङ्कलनमा ध्यान दिनुस्: रक्षामन्त्री उप्रेती
काठमाडाैं | माघ १३, २०७९
तस्बिर साभार
सर्लाही: रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतसँगको खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सम्वद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार सर्लाहीको हरिवनमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री उप्रेतीले तस्करी रोकेर राजस्व वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्न भन्नुभएको हो ।
राज्य आर्थिक रुपले सङ्कटमा परिरहेको अवस्थामा तस्करी तथा राजस्व छली नियन्त्रण गरी कर सङ्कलनको दर वृद्धि गर्नुपर्नेमा रक्षामन्त्री उप्रेतीको जोड छ । उहाँले अवैध रुपमा भइरहेको गिट्टी, बालुवा र ढुङ्गा लगायत राष्ट्रिय सम्पत्तिको दोहनलाई समेत नियन्त्रण गरी त्यसलाई प्रक्रियागत रुपमा करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । रक्षामन्त्री उप्रेतीले लक्ष्यअनुसार कार्यप्रगति देखिनेगरी काम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।
उहाँले आवश्यकता र आमनागरिकले अनूभूति पाउनेगरी काम गर्न सक्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुले मन्त्री उप्रेतीलाई यहाँको वस्तुस्थित र आफ्नो कार्यालय अन्तर्गतका समस्याहरु राख्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
वर्तमान सरकारमा रक्षामन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला सर्लाही आउनुभएका मन्त्री उप्रेतीलाई शुक्रबार नै उद्योग वाणिज्य सङ्घ हरिवन र नेकपा (एमाले) क्षेत्र ३ को क्षेत्रीय कमिटीले स्वागत तथा सम्मान गरेका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

