चेम्बर गण्डकी र प्रदेशका मन्त्रीबीच भेटघाट
पाेखरा | माघ १३, २०७९
पोखराः चेम्बर अफ कमर्स गण्डकीको टोलीले गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुसँग भेटघाट गरेको छ ।
चेम्बर अफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारको नेतृत्वमा आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दास, आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगर र कृषि,उर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङसँग भेटघाट गरेको हो ।
भेटघाटको अवसरमा बोल्दै आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दासले प्रदेशको विकासको निम्ति व्यवसायीहरुसँग समन्वय गर्दै जाने बताईन् । 'व्यवसायीहरुको समस्या छुट्टै छ, त्यसलाई समाधान गर्दै प्रदेशको विकासका निम्ति व्यवसाय र प्रदेशवासीसँगै रहेर विकासलाई तिव्रता दिने छौ ।' मन्त्री सुन्दासले भनिन् ।
चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले प्रदेशको विकासका लागि सबै क्षेत्रका व्यवसायीहरुलाई अगाडी बढाउन आग्रह गरे । नवनियुक्त भएका मन्त्रीहरुसँग भेटघाटको क्रममा अध्यक्ष सुनारले प्रदेशको विकासको निम्ति सरकार र व्यवसायी एकतावद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
चेम्बर अफ कमर्स गण्डकी प्रदेशका पदाधिकारीसँगै पर्वत, गोरखा, तनहुँ, स्याङ्जा लगायतका जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरु सहितको टोलीले प्रदेशका नवनियुक्त मन्त्रीहरुसँग भेटघाट गरेको हो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

