रास्वपाको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन

काठमाडाैं | माघ १४, २०७९

रास्वपाको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन

काठमाडौंः    राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याल चयन गरेको छ ।  हिजो बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।


पार्टी सभापति रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि उहाँको सांसद र मन्त्री पदसँगै पार्टी सभापतिको पद पनि गुमेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आज शनिवारदेखि तय भएका सबै कार्यक्रम स्थगित भएको जनाएको छ ।


पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सूचना निकालेर विशेष परिस्थितिका कारण सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा सङ्गठन विस्तारका कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको जनाउनुभएको छ । 

पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।  आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।  काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

थप पढ्नुहोस्