टाइगर कप भलिबलः महिलातर्फ एपिएफ दोस्रो पटक च्याम्पियन
पाेखरा | माघ १४, २०७९
पोखराः पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ एपिएफ क्लब च्याम्पियन भएको छ ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

एपिएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थिए । दुवै टोलीको २०/२० अङ्कको अवस्थामा लगातार ५ अङ्क जोड्दै पहिलो सेट एपिएफले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेट भने एपिएफले २२–२५ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पूनरागमन गर्दै एपिएफले २५–८ को सहज सेट जित्दा चौठो सेट २५ –२२ ले जित्दै च्याम्पियन बनेको हो ।
महिला तर्फ च्याम्पियन भएको एपिएफले ५लाख, दोस्रो भएको आर्मीले २ लाख ५० हजार, तेस्रो भएको होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले १ लाख २५ हजार र सान्त्वना भएको गण्डकी प्रदेशले ६५ हजार पुरस्कार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
पुरुष तर्फको फाइनल खेल आयोजक गण्डकी प्रदेश र एपिएफ क्लबबीच केही समयमा शुरु हुनेछ ।
पुरुष तर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३– १ को सेटमा पराजित गर्दै पुलिस तेस्रो हुन सफल भएको हो । पुरुष तर्फ तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख २५ हजार सान्त्वना भएको त्रिभुवन आर्मी क्लबले ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

