नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन नगरेसम्म प्रतिपक्षमा बस्छौं: अध्यक्ष रञ्जिता
बुटवल | माघ १५, २०७९
बुटवलः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म सङ्घ वा प्रदेश सरकारमा सहभागी नहुने अडान राख्नुभएको छ।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीलाई रिहाई नगरेसम्म सङ्घ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताउनुभएको हो।
बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकारले आफूहरुको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान प्रतिबद्ध रहेको बताउनुभयो।
आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा पार्टी नरहेको अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘जबसम्म नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन गर्दैन। तबसम्म हामी प्रतिपक्ष बेञ्चमै बस्नेछौं। सुदूरपश्चिम प्रदेशमा हामीले मुख्यमन्त्रीलाई चाहिँ समर्थन गरेका छौं। विश्वासको मत दिनुभन्दा अगाडि सरकारले हाम्रो माग, मुद्दा सम्बोधन गरोस् भन्ने हाम्रो पार्टीको चाहना छ। टीकापुरका राजबन्दीलाई रिहाइ गर्ने सरकारले भनिरहेको छ। हामीले यही कुरामा अडान लिएका छौं। सुदूरपश्चिम सरकारलाई पनि हाम्रो माग मुद्दा सम्बोधन भएपछि मात्रै विश्वासको मत दिन्छौं । माग सम्बोधन नभएसम्म हामी सङ्घ र प्रदेश कुनै पनि ठाउँमा सरकारमा जाने पक्षमा छैनौं।’’
अध्यक्ष श्रेष्ठले टीकापुर घटनामा निर्दोष रहेका आफ्ना पार्टीका नेता, कार्यकर्तालाई जेलमुक्त गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुभएको छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

