अमेरिकी उपमन्त्री भिक्टोरिया दुई दिने भ्रमणका लागि नेपाल आउँदै
काठमाडाैं | माघ १५, २०७९
काठमाडौं: अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार दुई दिने भ्रमणका लागि नेपाल आउँदैछिन् ।
नेपालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको पहिलो भ्रमण हो ।
उपमन्त्री नुल्याण्डले २८ जनवरीदेखि ३ फेब्रुअरीसम्म दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, श्रीलंका र कतारको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सोही क्रममा उनी आइतबार नेपाल आइपुग्ने कार्यतालिका छन् ।
विदेश मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा उनले यहाँको नवगठित सरकारसँग द्विपक्षीय साझेदारीका वृहत विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । न्युल्यान्डले प्रधानमन्त्री प्रचण्ड र विभिन्न पार्टीका प्रमुखसँग भेट गर्नेछिन् ।
यसपछि लगत्तै अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगकी प्रमुख सामन्था पावर पनि ५ फेब्रुअरीदेखि नेपाल भ्रमणमा आउने तय भएको जनाइएको छ ।
को हुन् उपमन्त्री नुल्याण्ड?
उपमन्त्री नुल्याण्ड सन् २०२१ को अप्रिलदेखि अमेरिकी विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्रीका रूपमा कार्यरत छिन् । त्यसअघि उनी वासिङ्टन डीसीमा रहेको विश्वव्यापी रणनीतिक सल्लाहकार र व्यावसायिक कूटनीति फर्म अबल्राइट स्टोनब्रिज समूहकी वरिष्ठ सल्लाहकार थिइन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार उनी ब्रुकिङ्स इन्स्टिच्युटमा गैरआवासीय वरिष्ठ फेलो र येल युनिभर्सिटीमा ग्रान्ड स्ट्राटेजी अन्तर्गत कार्यरत थिइन् । साथै, ‘बोर्ड अफ द नेशनल इन्ड्वोमेन्ट फर डेमोक्रेसी’ अर्थात, लोकतन्त्रका लागि राष्ट्रिय अनुदान बोर्डकी सदस्य समेत रहिसकेकी छन् ।
उपमन्त्री नुल्याण्डले अमेरिकी कूटनीतिज्ञका रूपमा बिताएका ३३ वर्षमा तत्कालीन राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री केरीको नेतृत्वमा रहेर सन् २०१३ को सेप्टेम्बरदेखि सन् २०१७ को जनवरीसम्म युरोपेली र युरेसियन मामिलाका लागि सहायक मन्त्रीको रूपमा काम गरेकी थिइन् ।
त्यसअघि हिलारी क्लिन्टन विदेशमन्त्री हुँदा स्टेट डिमार्टमेन्टको प्रवक्ता रहेकी उनी राष्ट्रपति जर्ज डब्लु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म सैन्य संगठन नाटोका लागि अमेरिकी राजदूतको भूमिका निर्वाह गरेकी थिइन् ।
उनले सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति डिक चेनीको उपराष्ट्रिय सुरक्षा सल्लाहकार र सन् २०१० देखि २०११ सम्म युरोपमा परम्परातग हतियार नियन्त्रण सन्धिमा विशेष दूत र मुख्य वार्ताकारका रूपमा काम गरेकी थिइन् ।
साथै, वासिङ्टनस्थित अमेरिकी विदेशमन्त्रालय अन्तर्गत रहेर रुस, चीन र मंगालियामा समेत विभिन्न भूमिका काम गरेकी थिइन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार उनले ब्राउन युनिभर्सिटीबाट इतिहास विषयमा स्नातकसम्मको अध्ययन गरेकी छन् ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

