राजधानीमै नक्कली मदिरा उत्पादन र कालोबजारी

काठमाडाैं | माघ १५, २०७९

राजधानीमै नक्कली मदिरा उत्पादन र कालोबजारी तस्बिर : उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौं:  काठमाडौं उपत्यका भित्र स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन र कालोबजारी भइरहेको खुलेको छ।


नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले नक्कली मदिरा उत्पादन र कालोबजारीमा संलग्न गिरोह नै फेला पारेको हो। 


उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार लामो अनुसन्धानबाट नक्कली मदिरा उत्पादन र कालोबजारी गर्ने समूहमा संलग्न गिरोह फेला परेको हो। 


नेपाल प्रहरीको अपराध अनुसन्धानको विशेष टोलीले माघ १३ गते ललितपुर महानगरपालिका– १ कुपण्डोलमा निरज उप्रेतीले सञ्चालन गरेको नेक्स टेस्ट लिक्वयर स्टोरमा खानतलासी गरेपछि  नक्कली खुकुरी रम फेला परेको हो । अनुसन्धान गर्दै जाँदा  प्रहरीले यसमा संलग्न अन्य गिरोह फेला पारेको हो। 


अपराध अनुसन्धानको विशेष टोलीले माघ १४ गते शनिबार ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथलीका विभिन्न स्थानमा स्वदेशी तथा विदेशी ब्राण्डका मदिराको नाम लिएर नक्कली मदिरा बनाउन प्रयोग हुने केमिकल, रक्सीका खाली बोतल, राजस्व अन्त शुल्कको स्टिकर तथा लेवलिङ एवम् प्याकेजिङ गर्ने मेसिन बरामद गरेको छ। 


अनुसन्धानका क्रममा प्रहरीले काठमाडौं मित्रनगरमा धर्मी गौडेलेले सञ्चालन गरेको एसटी लिक्वायर स्टोरमा खानतलासी गरेर गुणस्तरहीन खुकुरी रम, रुस्लान भोड्का ब्राण्डका मदिरासमेत बेचबिखनमा राखेको खुलासा गरेको छ। 


नक्कली मदिरा उत्पादन र बिक्री वितरणमा संलग्न स्टोरका सञ्चालक धर्मी गौडेलसहित निरज उप्रेती र गणेश बहादुर रानामगरलाई पक्राउ गरेर विशेष अनुसन्धान टोलीले थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ। नक्कली मदिरा उत्पादन र बेचबिखनमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो। 


प्रहरीका अनुसार नक्कली मदिरा बनाउने र कालोबजारी कसुरमा पक्राउ परेका आरोपितमाथि प्रहरी परिसर काठमाडौंले यसअघिसमेत कालो बजार, सामाजिक अपराध तथा सजाय ऐन कसुरमा मुद्दा दर्ता गरेको खुलेको छ। यसअघि २०७९ भदौ ८ गते कालोबजारी कसुरमा मुद्दा दर्ता भएको खुलेको हो। 


प्रहरीले उनीहरूको साथबाट ठूलो परिणाममा स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा र खाली बोतल बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो। 


ब्राण्डेडको नक्कली उत्पादन र बोतल 


प्रहरीले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एपल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान् भोड्का १३२ बोतल बरामद गरेको जानकारी गराएको छ । 


त्यसैगरी प्रहरीले नक्कली मदिरा प्रयोग गर्न राखिएका स्वदेश तथा विदेशी ब्राण्डका खाली बोतलसमेत ठूलो परिणाममा बरामद गरेको छ । खुकुरी रमका ३९३, डबल ब्लयाकका १५, रेड लेबलका ५ थान, ज्याक ड्यानियल ६५ थान, सिग्नेचर ग्रिन ६७ थान, रुस्लान ५८ थान, सिग्नेचर रेड ३५ थान, गोल्डेन ओके ३३२ थान, वल्ड दरबार २३ थान, ८८४८ भोड्का ६ थान र आइकनिक भोड्काका ६० थान बोतल बरामद गरेको हो । नक्कली मदिरासँगै नक्कली मदिरा बनाउन प्रयोग हुने केमिकल, कच्चा पदार्थ र उपकरण बरामद प्रहरीले बरामद गरेको छ ।

काठमाडौं:  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...

थप पढ्नुहोस्

काठमाडौं:  हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथ...

थप पढ्नुहोस्

 पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्...

थप पढ्नुहोस्