नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडाैं | माघ १५, २०७९

काठमाडौं : सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा अडिएको छ।
सेन्सेटिभ इण्डेक्स २.८३ अंकले घटेको छ। यसदिन २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रूपैयाँमा खरिदबिक्री भयो।
५१ हजार ९७३ पटक कारोबार भयो।
दोहोरो अंकको करेक्सन आएको सेयर बजारमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ९९ लाख ४ हजार ३९२ रुपैयाँको सेयर कारोबार भयो।
यस्तै, ९ करोड २१ लाख बढिको सेयर कारोबार गरी हिमालयन ऊर्जा विकास कम्पनी दोस्रोमा र ७ करोड १३ लाख मूल्यको सेयर किनबेच गरी एनआईसी एसिया बैंक तेस्रो स्थानमा रह्यो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्रै बढ्यो।
होटल्स एन्ड टुरिजमको ०.२० र लाइफ इन्स्योरेन्सको सूचक ०.३४ प्रतिशतले घटेको हो।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...