कक्षा त चढे तर सिकाइसहित चढेनन्: शिक्षा मन्त्री खनाल

काठमाडाैं | माघ १५, २०७९

कक्षा त चढे तर सिकाइसहित चढेनन्: शिक्षा मन्त्री खनाल तस्बिर साभार

काठमाडौं:  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले सिकाइ उपलब्धीको अवस्था कमजोर रहेको बताएका छन्। 


शिक्षा पत्रकार सञ्जाल (इजोन)को अधिवेशन उद्घाटन गर्दै शिक्षा मन्त्री खनालले विद्यालय शिक्षाको सिकाइ उपलब्धीको अवस्था कमजोर रहेको बताएका हुन्। 


शिक्षा मन्त्री खनालले भने, ‘विद्यार्थीहरूले कक्षा त चढेका छन् तर सिकाइसहित चढेका छैनन्। तल्ला कक्षालाई वास्ता नगरी एसईईलाई मात्र जोड दिँदा तल्ला कक्षाका विद्यार्थीको अवस्था नाजुक छ।’ 


विद्यालय तहमा सिकाइ कमजोर भएकाले उच्च शिक्षामा पनि त्यसको प्रभाव देखिन थालेको भन्दै शिक्षा मन्त्री खनालले शिक्षा सुधारका लागि आफू लागिरहेको बताए। 


खनालले संघीय शिक्षा ऐन अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताए। शिक्षा मन्त्री खनालले अहिले पनि शिक्षकले चार महिनासम्म तलब नपाउने अवस्था रहेको भन्दै त्यसलाई अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताए।


शिक्षा पत्रकार सञ्जालको अधिवेशनबाट रविचन्द्र पराजुली अध्यक्षमा निर्वाचित भएका छन्। 


उपाध्यक्षमा सूर्यप्रसाद पाण्डे, महासचिवमा विनोद घिमिरे, सचिवमा पार्वता चौधरी, कोषाध्यक्षमा मञ्जिमा ढकाल चयन भएका छन्। 


यस्तै, सदस्यहरूमा रुपेश आचार्य, अर्जुन पोखरेल, दीपक अर्याल, नुनुता राई, सुनिता लोहनी र दिनेश गौतम रहेका छन्। सञ्जालका अध्यक्ष प्रकृति अधिकारीको अध्यक्षतामा अधिवेशन भएको हो। 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्