भक्ति थापाको जन्मस्थललाई ऐतिहासिक एवं पर्यटकीय स्थल बनाइने
लमजुङ | माघ १६, २०७९
बेंसीसहर: लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थललाई ऐतिहासिक एवं पर्यटकीय स्थलका रूपमा विकास गर्ने भएको छ।
मर्स्याङ्दी गाउँपालिका–३ ढँगैबेँसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्ण गरी ऐतिहासिक रूपमा विकास गर्ने भएको हो।
पर्यटन प्रववर्द्धनसँगै ऐतिहासिक स्थलको संरक्षणमा लागिपरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए।
गाउँपालिकाले उक्त स्थलको संरक्षण र विकासका लागि प्रेमबहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय ‘राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थल स्मृति केन्द्र’ गठन गरिएको छ।
पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा महेशराज ढकाल,...
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...

