प्रदेश सभा सदस्यलाई बत्तीदेखि भ्रमण भत्ताको सुविधा
काठमाडाैं | माघ १७, २०७९
कास्की: प्रदेश सभा सदस्यहरूले शपथ लिएकै दिनदेखि विभिन्न किसिमका सेवासुविधा तथा भत्ता पाउने कानुनी व्यवस्था रहेको छ । प्रदेश सभा सदस्यले मासिक ३६ हजार २४२ रुपियाँ तलब र एक सहायक स्वकीय सचिव राख्न पाउँछन् । सांसदले संसद्को प्रतिबैठक एक हजार भत्ता र ७५० रुपियाँ यातायात खर्च पाउने व्यवस्था छ । गत मङ्सिर ४ को चुनावमार्फत प्रदेश सभा सदस्य चुनिएकामध्येबाट सभामुख र उपसभामुख चयन भइसकेका छन् ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७४ मा सभामुख, उपसभामुख, विपक्षी दलका नेता, दलका नेता, उपनेता, सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतक, अन्य दलका प्रमुख सचेतक, संसदीय समितिका सभापति, दलका सचेतक र सदस्यले सुविधा पाउनेछन् ।
प्रदेश सभाका सभामुखले मासिक ६३ हजार ४८० रुपियाँ पारिश्रमिक पाउँछन् । उपसभामुख र विपक्षी दलका नेताले ६० हजार पारिश्रमिक पाउँछन् । दलका नेताले ५९ हजार पाँच सय, उपनेताले ५८ हजार ८४०, सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतक, अन्य दलका प्रमुख सचेतक, संसदीय समितिका सभापतिले ५८ हजार ८४०, दलको सचेतकले ५६ हजार ५२० र सदस्यले ५४ हजार दुई सय पारिश्रमिक पाउँछन् ।
सांसदले सञ्चार सुविधाबापत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक १५ सय, पाँच वर्षको अवधिमा एक पटक मात्र फर्निचर खर्चबापत ५० हजार, प्रतिमहिना बत्ती खर्च र पानीबापत १५ सय रुपियाँ पाउने व्यवस्था छ ।
विपक्षी दलको नेतालाई घर भाडाबापत मासिक २० हजार रुपियाँ दिइन्छ । प्रदेश सांसदले घरभाडास्वरूप प्रतिमहिना १५ हजार रुपियाँ पाउँछन् । सांसदले भ्रमण भत्ता पनि पाउने व्यवस्था छ । सांसदहरूले नेपालभित्र भए दुई हजार र विदेश भ्रमण गर्दा दैनिक भ्रमण गर्दाको दिनको अमेरिकी डलर रेटअनुसार १५० डलर पाउने व्यवस्था छ । सांसदहरू यात्रामा हुँदा बीमाबापत प्रतिभ्रमण १० लाख रुपियाँ पाउने व्यवस्था छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

